Saturday, November 5, 2011

देउसी कार्यक्रम



                                      

                                दोस्रो पृष्ठ


अब त music system पनि आयो शुरु गर्‍यौ हामीले हाम्रो कार्यक्रम फेरी महेशकै घरबाट सबैको आआफ्नै पारा सबैको आआफ्नै ढंगले परिमार्जन र ग्लोतोसको संयोगले गर्दा खेरी चुस्त बनेको हाम्रो टिमले अब नयाँ उपहास दिने कुरामा सबैको विश्बास दर्शिएको वातावरण उल्लास नहुने संभावना अति कम नै थियो।
पुरानो पाराको भट्याईको  वर्षा हुन पुग्यो त्यहाँ, अनौठो प्रकृतीका शव्द र जे बोल्यो त्यही आश्चर्यचकितम हुनाले देउसी रे को आबाजमा सितन थप्ने काम गरेको थियो त्यो भट्याई तपाइ सुन्नुस त कति रमाउनु हुन्छ तपाई साच्चै भनेको मैले,
महेशको घरमा देउसीको नाचको कुरा गरौ एकै छिन्
दिपक दाईको घरमा अलिअलि मैले नाचको शुरु गरेँ र त्यस नाचलाई पूर्णरुपमा देख्ने कौतुहलता जयराम दाईले तिव्र देखाएको र मैले पूर्ण रुपमा देखेको साथै यसको पूर्णतामा पुग्ने मेरो लक्ष्यको कदरसहित मेरो कम्मर करिना कपुर र उफ्राई ऋतिक रोशनको जस्तो भन्ने कुरा कसैले गरेका होईनन त्यहा मैले आफै अनुभव गर्न खोजेको तर वास्तवमा कहाँ हो र त्यो, मात्र रौनक को उपहास ठान्नु नै उत्तम हुने कुरा जस्तो मलाई लाग्दछ।
मैले त नाचे, त्यहाँको सबैको आआफ्नो पाराको नाच प्रदर्शन भईरहेको दृश्य प्रष्ट देख्‍न सकिने स्थिति थियो।
रिविन्द्र दाईको कुखुरे र छिम्के नाच
केशब दाईको लोक र स्वाट्टे हात हल्लाई
महेशको असिम उफ्राई र लचकता
निराजनको लजालु किसिमको नाच
साथै जयराम दाईको हिम डान्स र हिपको तालमेल ले गर्दा मैले सोचेँ
अब गजब हुन्छ
हा. हा. हा. हा..................................
हामीले ततपश्चात निराजनको घरमा पनि सोही किसिमको नृत्य र ध्यौसी कार्यक्रम देखाउन सफल भयौ। हरिबोल।
कुमार थापा दाईको घरमा पनि उहाँको गुनगान गाउँदै सुन्तला तास्दै र चिसो सुन्तलाको स्वादले हामी अझ नाच्ने तरखर गर्न थाल्यौ।
कुनै विशिष्ट नृत्य समारोह र कार्यक्रम भन्दा कम थिएन त्यो रात्री कार्यक्रम
त्यो सानो आगँन पनि साच्चै टुडीँखेल जत्रो नै लाग्न थालिसकेको अबस्था थियो त्यो।
मै नाचौ की तै नाचौ।
कृष्ण कृष्ण
अब चाही मेरो मनमा मैले सोच्न भ्याउने अवस्था रह्‍यो की आज अब त्रोसी त्रोसी हुने होला जस्तो छ।
कुमारदाईको घरको तातो चिया चिसो मौसम सँगै खाएर त्यसमाथी तिहारको लाली गुल सेल खाएपछि जिउ त फेरी ताती हाल्यो नी फेरी नाचौ साथी भाईहो
wanna be my छम्मक छल्लो हो हो हो हो!!!!!!!!!!!!!!!!!!!!!!!!!
हातको नचाई र घुमाई मन पर्‍यो रे!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
अब हाम्रो टिम खरिबोट जाने कुरा गर्दै थियो, एकै छिन राजकुमारदाईलाई उठाउ र उहाँका देउसी खेलेर अनि उहाँलाई पनि मोटरसाईकलसगै लिएर जानु पर्ने स्थिति हुन सक्छ।
गइयो राजकुमार दाईका नाचियो खुब रंग नै बसालियो त्यहाँ टपको घर झिलिमली अफ द दारिमबोट हा हा हा हा।
राजकुमार दाईको नाच पनि फेरी हेर्न लायककै निहुरिएपछि भुईको कमिला रातमा देखिने किसिमको
नौलो पनि मान्न मिल्छ। फेरी भन्दै चाही हुनुहुन्थ्यो नाच्न आउन्न र साथमा यो गित स्लो भयो रे।
ठिकै छ अब जाउँ Most Destination place of the night!!!!!!!! भरत बन्जाराको घर।
दुई तिन चार एउटै मोटरसाईकलमा खादिएर गइयो।
झण्डै लडिएको मोटरसाईकलबाट कुला पुग्ने गरी,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, विजेन्द्र जी के हो।।।।।।।।।।।।।।
पुगियो भरत बन्जाराको घरमा पनि अब शुरु गरौ भट्याउन
कनुकुथी हुन्छ की फराकिलो पाराले हुन्छ की व्यङ्ग्यात्मक पाराले हुन्छ की चाहे समयसान्दर्भिक नै किन नहोस लोली लोली भट्याऐ हाम्रा रबिन्द्र दाजुले, पैसा हाल्नुपर्ने पनि पालै पालो। पैसा त कति झर्‍यो झर्‍यो कुरै नगरौ न। गोलो घेरामा बसेर हामी नाच्न थाल्यौ।
गीतको हार र ताल अनुसार कसलाई कुन तालमा नाच्न आउँछ सोही अनुसार नाच्न थालियो। अब झन गजब हुने भो।

क्रमश.....................................................

Wednesday, November 2, 2011

आहै भन मेरा भाईहो देउसी रे


देउसी कार्यक्रममा मेरो अनुभब
ध्यौसी कार्यक्रम-2068

पृष्ठभुमी

सायद यो एउटा संयोग हो, जीबनको रमाईला र मीठा अनुभव संगाल्ने, आपसमा खुसीयाली बाड्ने र एकआपसमा गहिरो सद्‍भाव बढाउने।हाम्रो यस 2068 को देउसी समुह एउटा आकाशको सप्तऋषि तारा सरी सल्वलाईकन हरेक अन्तरिक्ष चाहार्ने एउटा त्यस्तो समुह सावित हुन पुग्यो।
देउसी भैलो त जिवनमा सानो उमेर या भनौ आफुले बुझ्ने उमेर देखि नै नखेलिएको त होइन र रमाईलो पनि नभएको त कहाँ हो र तर यो जुन 2068 सालको देउसी कार्यक्रम छ यो नमुना नै सावित हुन पुग्यो मरो लागि र मेरो समुह साथी दाजुभाईको लागि
मुख्य पात्रहरु:
केशब अधिकारी
रविन्द्र अधिकारी
विनय अधिकारी
उमेश अधिकारी
जयराम थापा
महेश थापा
विजेन्द्र थापा
निराजन थापा
राजकुमार(रोशन) थापा
भरत बन्जारा

हाम्रो खासै सुरुमा त देउसी कार्यक्रम गर्ने प्रति त्यति चासो त थिएन र त्यति रमाईलो होला भन्ने आसा पनि वास्तवमा, तर समयको खेल हो आटेपछि र रमाईलो नै गर्ने इच्छा जागेपछि त त्यो सम्भव भयो जे होस भन्ने चाहाना हामी सबैको थियो। एउटा अविस्मरणिय क्षण, हर्सोउल्लासले भरिपूर्ण, छुट्टै संसारको आनन्द, साथीभाईप्रतिको प्रगाढ माया, सुख र समृद्धिको महसुसमय वातावरण सृजना भयो त्यहाँ, जब सबैको साथ मिल्न पुग्यो।
धन्यवाद छ ती दाजुहरुलाई, धन्यवाद छ ती मेरा साथीभाईलाई र धन्यवाद छ ती प्रत्यक्ष र अप्रत्यक्ष पात्रहरुलाई जसले उक्त हाम्रो कार्यक्रमलाई सफल बनाउनलाई मद्धत पुर्याउनु भयो।
कार्यक्रम
केशब दाजु र म खासमा हामी दुईको चारदिन देखिको तर्जुमा योजना भनौ यसलाई, जब त्यस दिन आयो जुन हाम्रो हिन्दु धर्ममा औसीको रातलाई लक्ष्मीले वास गर्ने दिन भनेर औसीको रातले चिनिन्छ। त्यसको भोलीपल्टको दिन थियो त्यो। सधैझै खानापिना गरेर हामी दुईको भेट भयो, हाम्रो योजना त पुरानो गाउँको दाजुभाई हरु सँगै गएर देउसी भैलो खेल्ने भन्ने योजना थियो तर समय र त्यस परिस्थिती अनुरुप हामीलाई हाम्रो मन र मष्तिष्कले अर्कै तिर डोर्‍याउन बाध्य तुल्यायो। एक अजिव पात्र रबिन्द्र हाम्रा दाजु लाई लिएमा मात्र रमाईलो हुन्छ भन्ने उद्देश्यले हामी उहाँको घर अलिक तल भएको कारणले लिन गयौ र त्यहाँ गएपछि पुन: हाम्रो हिजो अस्तिको भन्दा फरक विचार उत्पन्न हुन पुग्यो र त्यसैलाई हामी ले अन्तिम निर्णयको रुपमा स्विकार गर्‍यौ र सोहि बमोजिम हामी अघि वढ्यौ। जब रविन्द्र दाइलाई भेट भयो त्यसपश्चात पुन: विनय भयो भने त छुट्टै मज्जा हुन्छ भनेर हामीले विनय दाईलाई काठमाडौ बाट झिकायौ। जब उहा आउनु भयो फेरी अर्को पात्र जयराम पनि हाम्रो पुरानो देउसी समुहको दाबेदार सहपाठी भनेर बोलायौ। उहाँको पनि एकाग्र उपस्थिती पश्चात हामीले अब बलियो, र भरपर्दो एंवम ट्विक्क को टिम बनायौ भन्ने अनुभुति हुन पुग्यो। त्यस्तै हाम्रा साथीभाईको रुपमा मजबुत भुमिका खेल्ने महेश पनि एक स्लेस पात्र हुन सक्छन भन्ने अनुभव सहित उहाँ सँग रहेका अरु भाईहरु निराजन र बिजेन्द्र पनि हाम्रो टिममा हामीले पाएपछि टिमको सौन्दर्य अझै प्रगाढ हुन पुगेको महसुस हामीलाई झट्ट हुन पुग्यो।
हामीले अब देउसी भैलो कार्यक्रम सुरु गर्ने योजना बनायौ र पहिलो घरको रुपमा दारिमबोटको दिपक दाईको घरबाट शुरु गर्यौ। त्यतिखेर सम्मको लागि त हामीसँग आधुनिक नाचगान प्रविधि कुनै पनि थिएन र पुरानै तरिकाले भट्याउने र देउसी रे भन्न थाल्यौ। विस्तारै हाम्रो उक्त कार्यक्रमले छलाङ्ग मार्नेछ भन्ने कुरामा म पूर्ण मात्रामा विश्वस्त थिएँ। नाच्ने कुरामा चाही उक्त रातको लागि छनोट गरी सबैको सहमतीमा छम्मक छल्लोलाई SONG OF THE NIGHTको रुपमा घोषित गर्दै अघी बढ्यौ। अब गितका र नाचका बर्षा हुने क्रम शुरु पनि भयो। हामी सबै देउसीको धुन र संसारमा हराउन पुग्यौ। देउसीमा खासमा पैसा कमाउने र भोलीपल्ट दिदि बहिनीलाई टिका लगाएर दिनु पर्छ र बचेको पैसा ले तास खेल्ने र अन्य काम गर्नुपर्छ भन्ने सोच हामीसँग यो पाली त विल्कुलै रहेन। बरु पैसा झार्ने बाहाना मात्र बनाई हामीले भरपुर मनोरञ्जन गर्ने प्रयास अथक रह्‍यो जुन सबैको लागि एउटा घुमायसी हो जस्तो मलाई लाग्दछ।
हाम्रो टिमले अब एउटा महत्बपूर्ण निर्णय गर्यो की दारिमबोट मा खेलिसकेर भरत बन्जारा को घरमा जाने र त्यहाँ रमाईलो गर्ने भनेर, सोही अनुरुप हामी दारिमबोटमा धुमधामका साथ पुरानो देउसी कार्यक्रमलाई मन मष्तिष्कमा राखि मिठो स्मृतीका साथ खेल्न थाल्यौ। हाम्रो अहम् पात्र महेशको घरको पालो आउँदा बल्ल music system पनि पाईयो अब चाही हुने भयो छम्मक छल्लो हो हो हो!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!


To be Continued…………………………….