देउसी कार्यक्रममा मेरो अनुभब
ध्यौसी कार्यक्रम-2068
पृष्ठभुमी
सायद यो एउटा संयोग हो, जीबनको रमाईला र मीठा अनुभव
संगाल्ने, आपसमा खुसीयाली बाड्ने र एकआपसमा गहिरो सद्भाव बढाउने।हाम्रो यस 2068
को देउसी समुह एउटा आकाशको सप्तऋषि तारा सरी सल्वलाईकन हरेक अन्तरिक्ष चाहार्ने
एउटा त्यस्तो समुह सावित हुन पुग्यो।
देउसी भैलो त जिवनमा सानो उमेर या भनौ आफुले बुझ्ने उमेर
देखि नै नखेलिएको त होइन र रमाईलो पनि नभएको त कहाँ हो र तर यो जुन 2068 सालको
देउसी कार्यक्रम छ यो नमुना नै सावित हुन पुग्यो मरो लागि र मेरो समुह साथी
दाजुभाईको लागि
मुख्य पात्रहरु:
केशब अधिकारी
रविन्द्र अधिकारी
विनय अधिकारी
उमेश अधिकारी
जयराम थापा
महेश थापा
विजेन्द्र थापा
निराजन थापा
राजकुमार(रोशन) थापा
भरत बन्जारा
हाम्रो खासै सुरुमा त देउसी कार्यक्रम गर्ने प्रति त्यति
चासो त थिएन र त्यति रमाईलो होला भन्ने आसा पनि वास्तवमा, तर समयको खेल हो आटेपछि
र रमाईलो नै गर्ने इच्छा जागेपछि त त्यो सम्भव भयो जे होस भन्ने चाहाना हामी सबैको
थियो। एउटा अविस्मरणिय क्षण, हर्सोउल्लासले भरिपूर्ण, छुट्टै संसारको आनन्द,
साथीभाईप्रतिको प्रगाढ माया, सुख र समृद्धिको महसुसमय वातावरण सृजना भयो त्यहाँ,
जब सबैको साथ मिल्न पुग्यो।
धन्यवाद छ ती दाजुहरुलाई, धन्यवाद छ ती मेरा साथीभाईलाई र
धन्यवाद छ ती प्रत्यक्ष र अप्रत्यक्ष पात्रहरुलाई जसले उक्त हाम्रो कार्यक्रमलाई
सफल बनाउनलाई मद्धत पुर्याउनु भयो।
कार्यक्रम
केशब दाजु र म खासमा हामी दुईको चारदिन देखिको तर्जुमा
योजना भनौ यसलाई, जब त्यस दिन आयो जुन हाम्रो हिन्दु धर्ममा औसीको रातलाई
लक्ष्मीले वास गर्ने दिन भनेर औसीको रातले चिनिन्छ। त्यसको भोलीपल्टको दिन थियो
त्यो। सधैझै खानापिना गरेर हामी दुईको भेट भयो, हाम्रो योजना त पुरानो गाउँको
दाजुभाई हरु सँगै गएर देउसी भैलो खेल्ने भन्ने योजना थियो तर समय र त्यस परिस्थिती
अनुरुप हामीलाई हाम्रो मन र मष्तिष्कले अर्कै तिर डोर्याउन बाध्य तुल्यायो। एक
अजिव पात्र रबिन्द्र हाम्रा दाजु लाई लिएमा मात्र रमाईलो हुन्छ भन्ने उद्देश्यले हामी
उहाँको घर अलिक तल भएको कारणले लिन गयौ र त्यहाँ गएपछि पुन: हाम्रो हिजो अस्तिको
भन्दा फरक विचार उत्पन्न हुन पुग्यो र त्यसैलाई हामी ले अन्तिम निर्णयको रुपमा
स्विकार गर्यौ र सोहि बमोजिम हामी अघि वढ्यौ। जब रविन्द्र दाइलाई भेट भयो
त्यसपश्चात पुन: विनय भयो भने त छुट्टै मज्जा हुन्छ भनेर हामीले विनय दाईलाई
काठमाडौ बाट झिकायौ। जब उहा आउनु भयो फेरी अर्को पात्र जयराम पनि हाम्रो पुरानो
देउसी समुहको दाबेदार सहपाठी भनेर बोलायौ। उहाँको पनि एकाग्र उपस्थिती पश्चात
हामीले अब बलियो, र भरपर्दो एंवम ट्विक्क को टिम बनायौ भन्ने अनुभुति हुन पुग्यो।
त्यस्तै हाम्रा साथीभाईको रुपमा मजबुत भुमिका खेल्ने महेश पनि एक स्लेस पात्र हुन
सक्छन भन्ने अनुभव सहित उहाँ सँग रहेका अरु भाईहरु निराजन र बिजेन्द्र पनि हाम्रो
टिममा हामीले पाएपछि टिमको सौन्दर्य अझै प्रगाढ हुन पुगेको महसुस हामीलाई झट्ट हुन
पुग्यो।
हामीले अब देउसी भैलो कार्यक्रम सुरु गर्ने योजना बनायौ र
पहिलो घरको रुपमा दारिमबोटको दिपक दाईको घरबाट शुरु गर्यौ। त्यतिखेर सम्मको लागि त
हामीसँग आधुनिक नाचगान प्रविधि कुनै पनि थिएन र पुरानै तरिकाले भट्याउने र देउसी
रे भन्न थाल्यौ। विस्तारै हाम्रो उक्त कार्यक्रमले छलाङ्ग मार्नेछ भन्ने कुरामा म
पूर्ण मात्रामा विश्वस्त थिएँ। नाच्ने कुरामा चाही उक्त रातको लागि छनोट गरी सबैको
सहमतीमा छम्मक छल्लोलाई SONG OF THE NIGHTको रुपमा
घोषित गर्दै अघी बढ्यौ। अब गितका र नाचका बर्षा हुने क्रम शुरु पनि भयो। हामी सबै
देउसीको धुन र संसारमा हराउन पुग्यौ। देउसीमा खासमा पैसा कमाउने र भोलीपल्ट दिदि
बहिनीलाई टिका लगाएर दिनु पर्छ र बचेको पैसा ले तास खेल्ने र अन्य काम गर्नुपर्छ
भन्ने सोच हामीसँग यो पाली त विल्कुलै रहेन। बरु पैसा झार्ने बाहाना मात्र बनाई
हामीले भरपुर मनोरञ्जन गर्ने प्रयास अथक रह्यो जुन सबैको लागि एउटा घुमायसी हो
जस्तो मलाई लाग्दछ।
हाम्रो टिमले अब एउटा महत्बपूर्ण निर्णय गर्यो की दारिमबोट
मा खेलिसकेर भरत बन्जारा को घरमा जाने र त्यहाँ रमाईलो गर्ने भनेर, सोही अनुरुप
हामी दारिमबोटमा धुमधामका साथ पुरानो देउसी कार्यक्रमलाई मन मष्तिष्कमा राखि मिठो
स्मृतीका साथ खेल्न थाल्यौ। हाम्रो अहम् पात्र महेशको घरको पालो आउँदा बल्ल music
system पनि पाईयो अब चाही हुने भयो छम्मक छल्लो हो हो
हो!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
To be Continued…………………………….
No comments:
Post a Comment